२९ पुस, काठमाडौं । पहिलो पटक आयोजना भएको खो खो विश्वकपको पुरुषतर्फ पहिलो खेलमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा पराजित भएको छ ।
नयाँ दिल्लीस्थित इन्धिरा गान्धी इन्डोर हलमा सोमबार राती भएको उद्घाटन खेलमा नेपाल भारतसँग ४२-३७ ले पराजित भएको हो । पहिलो पटक आयोजना भइरहेको खो खो विश्वकपको उद्घाटन खेलमै नेपालले घरेलु टोली भारत विरुद्ध सानदार प्रदर्शन गरेको थियो । तर जितसम्म भने पुग्न सकेन । समूह ए मा रहेको नेपालले दोस्रो खेल मंगलबार पेरुसँग खेल्नेछ ।
भारतले पहिलो सबै ४२ अंक अट्याकबाट जोड्दा नेपालले ३६ अंक अट्याकबाट र १ अंक डिफेण्डबाट जोडेको थियो ।
पहिलो टर्नमा अट्याक गरेको भारतले २४ अंक जोडेको थियो । त्यसपछि टर्न टु मा नेपालले अट्याक गर्दै २० अंक जोड्यो । टर्न थ्री मा भारतले अट्याकबाट १८ अंक जोड्दा नेपालले डिफेण्डबाट १ अंक जोडेको थियो । टर्न फोरमा नेपालले अट्याकबाट १८ अंक जोडेको थियो ।
उद्घाटन खेलअघि भव्य उद्घाटन समारोह भएको थियो ।
तस्बिर : खो खो वर्ल्ड कप
प्रतिक्रिया 4