+

महिला फुटसल च्याम्पियनसिपमा संकटाको दुवै टिमलाई उपाधि

२०८१ माघ  १ गते ९:४१ २०८१ माघ १ गते ९:४१
महिला फुटसल च्याम्पियनसिपमा संकटाको दुवै टिमलाई उपाधि

१ माघ, काठमाडौं । एलिसन स्पोर्ट्स प्रालिको आयोजनामा भएको प्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ मा संकटा क्लबको दुवै टिम च्याम्पियन भएको छ ।

पेप्सीकोलास्थित रोयल नेपाल फुटसलमा सोमबार सम्पन्न भएको प्रतियोगितामा संकटाले महिलाको सिनियर र जुनियर दुवैमा उपाधि जितेको हो ।

प्रतियोगितामा सहभागि टिमलाई जुनियर र सिनियर गरी दुई समूहमा विभाजन गरी खेलाइएको थियो।

सिनियर तर्फको संकाटाले हलेसी फुटबल क्लबलाई हराएर उपाधि जितेको हो ।

यसै गरी जूनियर तर्फको पनि उपाधि जित्ने क्रममा संकटाले स्टुडेन्ट फुटबल क्लब ‘ए’  लाई हरायो ।

प्रतियोगितामा सिनियरतर्फ पुनम चेम्जोङ र जूनियरतर्फ रेणुका शर्मा बेस्ट प्लेयर घोषित भए ।

त्यस्तै, सिनियरतर्फ झर्ना राई र जूनियरतर्फ न्याहाँ पाण्डेले बेस्ट किपरको अवार्ड पाए ।

प्रतियोगिताको पहिलो पुरस्कारको प्रायोजन कृषि विकास बैंकले गरेको थियो । यस्तै नेपाल टेलिकम, एशियन थाई फुड्स, आमा बेकरी, र नेपाल एयरलाइन्सले प्रतियोगितालाई साथ दिएका थिए ।

विजेता टिमलाई सेन्ट्रल फेशन स्कूल र जोयले गिप्ट ह्याम्पर प्रदान गरेको थियो ।

आयोजक एलिसन स्पोट्स प्रालीका अध्यक्ष सगुन थापा मगरले पहिलो प्रतियोगितामै उत्साहजनक सहभागिता रहेको र प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

अध्यक्ष सगुन थापा मगरले आगामी दिनमा अझ प्रभावकारी र व्यवस्थित प्रतियोगिताहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महिला फुटसल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय