+

नौबहिनीका ७ राष्ट्रिय खेलाडी सम्मानित

२०८१ माघ  १ गते १२:२१ २०८१ माघ १ गते १२:२१
नौबहिनीका ७ राष्ट्रिय खेलाडी सम्मानित

१ माघ, प्युठान । नौबहिनी गाउँपालिकाकाले ७ जना खेलाडीहरूलाई सम्मान गरेको छ । नौबहिनीमै जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका खेलाडीलाई सम्मान गरिएको हो ।

खेलाडीहरुलाई पालिकाले सोमबार जनही २०/२० हजार नगदसहित सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए ।

समानित हुनेहरूमा नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट (एनपीएल) विजेता क्रिकेट खेलाडी तुलबहादुर थापा, राष्ट्रिय भलिबल खेलाडी कमला शाही, अन्तर्राष्ट्रिय अल्ट्राधावक दामोदर बुढामगर, अन्तर्राष्ट्रिय अल्ट्राधावक एवम् कराँते खेलाडी हुमी बुढामगर, कराँतेकै नमराज रानामगर, अन्तर्राष्ट्रिय प्रोफेशनल थाइ बक्सिङ्ग खेलाडी गुमान घर्तीमगर र यु-१६ राष्ट्रिय क्रिकेट खेलाडी करण घर्तीमगर रहेका छन् ।

पालिका अध्यक्ष दिलबहादुर थापा र उपाध्यक्ष बिष्णा थापाले संयुक्त रुपमा दोसल्ला ओढाएर खेलाडीहरुलाई सम्मान गरेका थिए ।

नगदसहित सम्मान पत्र हस्तान्तरण गर्दै अध्यक्ष थापाले खेलाडीहरुको हौसला बढाउन सम्मान गरिएको बताए ।

अल्ट्राधावकद्वय गुमान घर्ती र हुमी बुढामगर उपस्थित नभएकाले उनीहरुको पुरस्कार आफन्तले बुझेको पालिकाले जनाएको छ ।

सम्मान ग्रहण गर्दै क्रिकेटर तुलबहादुर थापाले जन्मभूमिमा खेलाडीलाई सम्झेर हौसला प्रदान गरेकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा थप मिहिनेत गर्ने वाचा गरे ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार क्रिकेट खेलाडी तुलबहादुर थापालाई यसअघि दुई लाख रुपैयाँ बराबरको खेलकुद सामग्री पनि सहयोग गरिएको थियो ।

खेलाडी खेलाडी सम्मानित नौबहिनी गाउँपालिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय