+
+

लोकप्रियता र कार्ययोजना हेरेर स्ववियुमा उम्मेदवार बनाउन नेविसंघमा माग

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते १२:३३

१ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघभित्रको एउटा समूहले स्ववियु केन्द्रित छलफल गरेको छ । महामन्त्री गगन थापा निकट संघका केन्द्रीय सदस्यहरू छलफलमा जुटेका हुन् ।

भेलामा विद्यार्थीले आफ्नो क्याम्पसमा भइरहेको गतिविधि र तथा स्ववियु निर्वाचनमा नेविसंघलाई पहिलो बनाउने विषयमा छलफल भएको केन्द्रीय सदस्य पवन आचार्यले जानकारी गराए ।

स्ववियु निर्वाचनमा टिकट वितरणको आधार व्यक्तिको लोकप्रियता र इच्छुक उम्मेदवारले कार्ययोजना बनाउनुपर्ने विचार विद्यार्थी नेताहरूले राखेका थिए ।

प्रत्येक क्याम्पसमा सर्वेक्षण गरी लोकप्रियताको मापन, आफ्नो दुई वर्षे कार्यकालको कार्ययोजना आधारमा टिकट वितरण गर्नुपर्ने विचारहरू भेलामा आएको केन्द्रीय सदस्य मनोज पुरीले बताए ।

नेविसंघमा भइरहेको विवादले स्ववियु निर्वाचन प्रभावित चिन्ता व्यक्त गरिएको थियो । संघका अध्यक्ष दुजाङ शेर्पा स्ववियु निर्वाचन गराउन उदासीन रहेको भेलामा सहभागीले आरोप लगाए ।

अध्यक्ष शेर्पाले स्ववियु केन्द्रित गतिविधि नगरेकाले हुँदा उनीमाथि दबाब बढाउनुपर्ने माग समेत भेलामा उठेको थियो ।

त्रिविले वार्षिक क्यालेन्डरमा १५ फागुनमा स्ववियु निर्वाचन गर्ने तालिका बनाएको छ ।

भेलामा थापा निकटका विद्यार्थी संगठनका केन्द्रीय सदस्य, काठमाडौं उपत्यकाका क्याम्पसमा विद्यार्थी नेता सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?