+

एन्फा यू-१६ युथ लिग : आर्मीको पोष्टमा चर्च ब्वाइजको ११ गोल, करणको ह्याट्रिक

२०८१ माघ  १ गते १७:४० २०८१ माघ १ गते १७:४०
एन्फा यू-१६ युथ लिग : आर्मीको पोष्टमा चर्च ब्वाइजको ११ गोल, करणको ह्याट्रिक

१ माघ, काठमाडौं । चर्च ब्वाइज युनाइटेडले एन्फा यू-१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी एफसीमाथि गोलको वर्षा गरेको छ । मंगलबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा चर्च ब्वाइजले आर्मीलाई ११-१ ले पराजित गरेको हो ।

चर्च ब्वाइजका कारण करण चौधरीले ह्याट्रिक गरे । उनले सबै गोल दोस्रो हाफमा गरेका थिए । करणले ५५औं, ७६औं र ८६औं मिनेटमा गोल गरेका हुन् ।

यस्तै आशिष स्याङग्तान, सनिल मगर र आयुष राईले दुई-दुई गोल गर्दा निशान तामाङ र सुशन थापा मगरले समान १ गोल गरे । आर्मीका लागि अभिषेक खत्रीले सान्त्वना गोल फर्काए ।

मंगलबारै भएको अर्को खेलमा सातदोबाटो युथ क्लबले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको छ । सातदोबाटोका लागि आयुष खड्काले दोस्रो हाफमा गोल गरे ।

एन्फा यू-१६ युथ लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय