१ माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला राष्ट्रिय लिग फुटबलअन्तर्गत सुपर लिगमा वालिङ नगरपालिकालाई ४-१ ले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पुलिसले चारै गोल पहिलो हाफमा गरेको थियो । कप्तान निरु थापाले १५औं मिनेटमा गोलको खाता खोलेकी थिइन् । अनुस्का शेर्पाले २८औं र पुजा रानाले ३२औं मिनेटमा गोल गरिन् ।
यस्तै वालिङकी धन बोहराले ४३औं मिनेटमा आत्मघाती गोल गर्दा पुलिसले ४-० को अग्रता बनाएको थियो । वालिङका लागि यशोदा कुमारी चिरालले ८५औं मिनेटमा सान्त्वना गोल फर्काइन् ।
लिगमा पुलिसको यो तेस्रो जित हो । ५ खेलबाट १० अंक जोडेको पुलिस तेस्रो स्थानमै छ । लगातार पाँच खेलमा पराजित वालिङ अंकविहिन हुँदै पुछारमा छ ।
प्रतिक्रिया 4