
काठमाडौं । चैत २९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पिताम्बर’को टिजरले लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । स्ट्रिमिङको २४ घण्टामै १० लाखभन्दा धेरै दर्शकले हेरेका छन् ।
टिजरमा २ हजारभन्दा धेरै दर्शकले प्रतिक्रिया दिएका छन् । ‘छोटो समयमै प्राप्त यो भ्यूज खुसीको कुरा हो’ निर्देशक कृषा चौलागाईंले भनिन्, ‘दर्शकले एक्सनलाई मन पराउनुभएको छ भन्ने रेस्पोन्स पाएका छौं ।’
निर्माता विशाल चौलागाईंले पनि टिजरले प्राप्त गरेको भ्यूज र प्रतिक्रियाले आफूहरू उत्साहित बनेको बताए । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया लगायतको अभिनय छ ।
साथै, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको पनि अभिनय छ ।
बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकीले समेत अभिनय गरेका छन् ।
फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह-निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् । फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको छायांकन निर्देशन, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । आरआर फिल्मस्ले वितरण गर्दैछ ।
प्रतिक्रिया 4