१ माघ, काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकपको तयारी स्वरूप नेपालले बुधबार दोस्रो अभ्यास खेल खेल्दैछ । नेपाल र अमेरिकाबीच अभ्यास खेल हुन लागेको हो ।
खेल नेपाली समय अनुसार विहान ८:१५ बजेदेखि मलेसियाको क्वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा हुनेछ । पहिलो अभ्यास खेलमा नेपाल वेष्टइन्डिजसँग ९ रनले पराजित भएको थियो ।
विश्वकपमा सहभागी हुनका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली मलेसियामा छ। टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा प्रशिक्षकमा महेश प्रसाद रिजाल छन् ।
जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू-१९ महिला टी२० विश्वकपमा १६ टिमको सहभागिता छ जहाँ चार समूहमा १६ टिमको विभाजन गरिएको छ ।
नेपाल समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै छ । नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।
नेपाली टोली : पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा, अनु कडायत
प्रतिक्रिया 4