+

यू-१९ महिला विश्‍वकपको अभ्यास खेलमा अमेरिकासँग नेपाल पराजित

२०८१ माघ  २ गते १०:५० २०८१ माघ २ गते १०:५०
यू-१९ महिला विश्‍वकपको अभ्यास खेलमा अमेरिकासँग नेपाल पराजित

२ माघ, काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकपको तयारी स्वरूप दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा भएको खेलमा अमेरिकाले नेपाललाई ५ विकेटले हराएको हो । नेपालले दिएको ५९ रनको लक्ष्य अमेरिकाले १४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अमेरिकाका लागि इसानी भागेलाले २४ रन बनाइन् । त्यस्तै पूजा साहले १० रन बनाइन् । नेपालकी रिया शर्माले ३ तथा पुजा महतोले १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ५८ रन बनाएको थियो । नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १२ रन बनाउँदा कप्तान पुजा महतोले १० रन बनाइन् ।

नेपालले कुनै पनि बाउन्ड्री प्रहार गर्न सकेको थिएन । अमेरिकाका लागि सुहाना थाडानी, रितु सिंह, इसानी भागेला, सानभी इमादी, माही माधवन र पूजा साहले १-१ विकेट लिए ।

नेपाल पहिलो अभ्यास खेलमा सोमबार वेष्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो । अब नेपालले विश्‍वकपका खेलहरू खेल्ने छ ।

जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू-१९ महिला टी२० विश्वकपमा समूह डी मा रहेको नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टोली : पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा, अनु कडायत

आईसीसी यू-१९ महिला टी२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय