+

पीएम कप महिला क्रिकेट : गण्डकीद्वारा एपीएफलाई ७१ रनको लक्ष्य

२०८१ माघ  २ गते ११:५६ २०८१ माघ २ गते ११:५६
पीएम कप महिला क्रिकेट : गण्डकीद्वारा एपीएफलाई ७१ रनको लक्ष्य

२ माघ, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट २०८१ अन्तर्गत बुधबारको पहिलो खेलमा गण्डकी प्रदेश र एपीएफ क्लब खेलिरहेका छन् । ओभर छोट्याइएको खेलमा गण्डकीले एपीएफलाई ७१ रनको लक्ष्य दिएको छ ।

खराब मौसमका कारण ढिला गरी सुरू भएको खेल १५ ओभरमा झारिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले १५ ओभरमा ५ विकेट गुमाएर ७० रन बनायो ।

गण्डकीका लागि ओपनर सृजना पौडेलले सर्वाधिक २५ तथा रेखा तामाङले १७ र श्रेया शाहीले १३ रन बनाइन् । एपीएफकी बिनु बुढाले २ तथा करुणा भण्डारीले १ विकेट लिए ।

पहिलो खेलमा गण्डकी सुदूरपश्चिमसँग पराजित भएको थियो भने एपीएफले कर्णाली प्रदेशलाई हराएको थियो ।

पीएम कप महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय