+
+

अमेरिकी डलर भाउ हालसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते १२:४५

२ माघ, काठमाडौं । अमेरिकी डलरको भाउ कीर्तिमानी दरमा बढ्न थालेको छ । आज बुधबार पनि डलर भाउले हालसम्मकै उच्च दर कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको बिक्री दर १ सय ३८ रुपैयाँ ९२ पैसा पुगेको छ । हिजो मंगलबार १ सय ३८ रुपैयाँ ८३ पैसा पुगेको थियो ।

त्यस्तै डलरको खरिद दर १ सय ३८ रुपैयाँ ३२ पैसा कायम भएको छ । मंगलबार १ सय ३८ रुपैयाँ २३ पैसा थियो ।

केन्द्रीय बैंकका अनुसार सोमबार डलरको बिक्री दर १ सय ३७ रुपैयाँ ८५ पैसा र खरिद दर १ सय ३७ रुपैयाँ २५ पैसा कायम भएको थियो ।

अमेरिकी डलरको भाउ बढ्दा नेपालीले विदेशबाट रेमिट्यान्स पठाउँदा फाइदा हुन्छ भने नेपालबाट सामान आयात गर्दा महँगो पर्न जान्छ ।

त्यसैगरी आज युरोको बिक्री दर १ सय ४२ रुपैयाँ ५२ पैसा र खरिद दर १ सय ४१ रुपैयाँ ९० पैसा कायम भएको छ ।

त्यस्तै बेलायती पाउन्डको बिक्री दर १ सय ६९ रुपैयाँ २९ पैसा र खरिद दर १ सय ६८ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?