+
+

व्यापारीसँग प्रधानमन्त्री ओलीले भने–भूमिसम्बन्धी अध्यादेश चाँडै आउँछ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते १३:१५

२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेश चाँडै आउने बताएका छन् । बालुवाटारमा बुधबार बिहान उद्योगी व्यवसायीहरुले अध्यादेशका सम्बन्धमा धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा भूमिसम्बन्धी अध्यादेश आजै जारी हुने बताएका हुन् ।

भूमिसम्बन्धी अध्यादेश जारी भएसँगै भूमिसम्बन्धित समस्याहरु समाधान गर्ने उनले बताए । ‘केही अध्यादेश छन् । आज अर्को भूमिसम्बन्धी अध्यादेश पनि आउँछ । जसले भूमिमा भएका बेठिक खालका कतिपय कुराहरु छन्, नसुल्झिएका समस्याहरु छन्, ती सुल्झाउन’, उनले भने ।

केही दिनअघि सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच अध्यादेश सिफारिस गरेको थियो । त्यसमध्ये चारवटा अध्यादेश जारी भएका थिए भने भूमिसम्बन्धी अध्यायदेश राष्ट्रपति पौडेलले रोकिदिएका थिए ।

संसदमा विचाराधीन विधेयक अध्यादेशको रुपमा जारी भएपछि त्यसको विरोध भइरहेको छ । जारी भएका चार अध्यादेशमध्ये  ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ संसद्मा विचाराधीन विधेयक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?