+
+

शीर्ष नेताहरूसहित देउवाले मन्त्रीहरूसँग दोस्रोपटक छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते १३:२३

२ माघ, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट मन्त्री बनेकाहरुलाई छलफलका लागि डाकेका छन् । सभापति देउवाले बिहीबार विहान ८ बजे आफ्नो निवास बुढानीलकण्ठमा मन्त्रीहरुलाई डाकेका छन् ।

बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरु पनि उपस्थित हुनेछन् । संसदीय दलको कार्यसमितिमा दलका नेता देउवा, पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ छन् ।

संसदीय दलको उपनेता पनि रहने व्यवस्था भए पनि हालसम्म देउवाले कसैलाई मनोनित गरेका छैनन् । कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले संसदीय दलको कार्यसमितिसहित मन्त्रीहरुको छलफल सभापति देउवाले डाकेको जानकारी गराए ।

पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काममा प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई÷दुई महिनामा छलफल गर्ने कांग्रेसले निर्णय गरेको थियो । गत भदौमा पहिलो बैठक बसेको थियो। दोस्रो बैठक बिहीबारका लागि बोलाइएको छ। कांग्रेसबाट १० मन्त्री र २ राज्यमन्त्री बनेका छन् ।

कांग्रेसबाट मन्त्री हुनेहरुमा उपप्रधानसहित सहरी विकास प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही छन् ।

दुई राज्यमन्त्रीमा रुपा विक र पूर्णबहादुर तामाङ छन् । विकले वन तथा वातावरण र तामाङले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?