२ माघ, काठमाडौं । जय ट्रफी एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच फाइनलको दोस्रो दिनको खेल बुधबार जारी छ ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा पुलिसविरूद्ध पहिलो इनिङमा आर्मी १७० रनमा अलआउट भएको छ । यस अवस्थामा आर्मी ३७ रनले अगाडि छ ।
आर्मीका भीम सार्कीले सर्वाधिक ५८ रन बनाउँदा बसिर अहमदले ४० रन बनाए । सोमपाल कामीले ३२ रन बनाए । विनोद भण्डारीले १४ र इमरान शेखले १० रन बनाए ।
पुलिसका लागि सागर ढकालले १५.५ ओभरमा ७८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र गुल्शन झाले १-१ विकेट हात पारे ।
पहिलो इनिङमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले १३३-९ को अवस्थामा इनिङ घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५१ रन बनाए । अर्जुन साउदले २८ र अमित श्रेष्ठले २० रन बनाएर आउट भए ।
आर्मीका साहब आलमले ७ विकेट लिए भने सोमपाल कामी र बसिर अहमदले एक-एक विकेट लिए ।
प्रतिक्रिया 4