
२ माघ, काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरु भएको छ । एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।
माओवादी अध्यक्ष प्रचण्ड सरकारमा हुँदा यो मोर्चा निष्क्रिय थियो । उनी सत्ताबाट बाहिरिएपछि भने पुन: सक्रिय हुन लागेको हो ।
२०८० असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए । पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने मोर्चामा छैन ।
समाजवादी मोर्चाको बैठकअघि बिहान सिंहदरबारमा प्रतिपक्षी दलका नेताहरुको बैठक बसेको थियो । उक्त बैठकमा मोर्चामा सहभागी माओवादी र एकीकृत समाजवादीका नेताहरू सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4