+
+

साना बालबच्चाले क्यूएफएक्सका हलमा प्रवेश नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते १६:५५

काठमाडौं । २.५ फिटभन्दा साना बालबच्चाले क्यूएफएक्स चेनका हलमा प्रवेश नपाउने भएका छन् । मुलुकको सबैभन्दा धेरै हल भएको यो मल्टिप्लेक्स चेनले बुधबार सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो ।

सो उचाइभन्दा अग्ला वृद्धदेखि बालकसम्मका दर्शकलाई भने तोकिएको टिकट दर लागू हुने जनाइएको छ । ‘२.५ फिटभन्दा मुनिको बालबालिकालाई सिनेमाघर भित्र प्रवेश निषेध गरिएको छ’ क्यूएफएक्सले भनेको छ ।

क्यूएफएक्सका बजार प्रमुख सुलभ कक्षपतिले साना बालबच्चाको स्वास्थ्य र हलभित्रको मनोरञ्जनको वातावरणलाई ख्याल गरेर साना बालबच्चालाई प्रवेशमा रोक लगाइएको बताए ।

‘बच्चाको स्वास्थ्य, त्यहाँभित्रको हावाको समस्या, अँध्यारो वातावरणले साना बालबच्चालाई रोक्ने निर्णय गरेका हौं’ कक्षपतिले भने, ‘काखे बच्चालाई हलभित्र लैजाँदा अन्य दर्शकबाट मनोरञ्जनको वातावरण नभएको गुनासो पनि आयो ।’ यसअघि साना बालबच्चालाई हलभित्र निःशुल्क प्रवेश थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?