+

जय ट्रफी फाइनल : दोस्रो इनिङमा पनि साहबको पाँच विकेट

२०८१ माघ  २ गते १७:५१ २०८१ माघ २ गते १७:५१
जय ट्रफी फाइनल : दोस्रो इनिङमा पनि साहबको पाँच विकेट

२ माघ, काठमाडौं । जय ट्रफी एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच फाइनलको दोस्रो दिनको खेल सकिएको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी फाइनल खेलमा आर्मीविरूद्ध पुलिसले दोस्रो इनिङमा सामान्य अग्रता बनाएर अलआउटको नजिक पुगेको छ ।

पुलिसविरूद्ध पहिलो इनिङमा आर्मी १७० रनमा अलआउट भएपछि ३७ रनको ट्रेलबाट दोस्रो इनिङ सुरू गरेको पुलिसले दोस्रो दिनको समाप्तिमा ४६ ओभर खेल्दै ९ विकेट गुमाएर १३२ रन बनाएको छ ।

पुलिससँग ९५ रनको अग्रता छ । ओपनर कुशल भुर्तेल ४५ तथा दिलिप नाथ ३४ रनमा आउट भए । आर्मीका साहब आलमले ५ तथा बसिर अहमदले ४ विकेट लिए । साहबले पहिलो इनिङमा ७ विकेट लिएका थिए ।

पहिलो इनिङमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले १३३-९ को अवस्थामा इनिङ घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५१ रन बनाए । अर्जुन साउदले २८ र अमित श्रेष्ठले २० रन बनाएर आउट भए । आर्मीका साहब आलमले ७ विकेट लिए भने सोमपाल कामी र बसिर अहमदले एक-एक विकेट लिए ।

त्यसपछि जवाफमा आर्मी १७० रन बनाएर अलआउट भएको थियो । आर्मीका भीम सार्कीले सर्वाधिक ५८ रन बनाउँदा बसिर अहमदले ४० रन बनाए । सोमपाल कामीले ३२ रन बनाए । विनोद भण्डारीले १४ र इमरान शेखले १० रन बनाए ।

पुलिसका लागि सागर ढकालले १५.५ ओभरमा ७८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र गुल्शन झाले १-१ विकेट हात पारे ।

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय