+

ई-प्लानेट च्याम्पियनसीप क्रिकेट : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

२०८१ माघ  २ गते २१:३९ २०८१ माघ २ गते २१:३९
ई-प्लानेट च्याम्पियनसीप क्रिकेट : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

२ माघ, काठमाडौं । ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसीप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ।

पुस २८ देखि माघ १ गतेसम्म पोखरा क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा कास्की मोर्डनाइज्ड एकेडेमीले मदरल्यान्ड सेकेन्डरी स्कुललाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।

फाइनल खेलमा मदरल्यान्डले दिएको ८७ रनको लक्ष्य कास्की मोर्डनाइज्डले ८.१ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो। कास्कीका सोहेल कुँवरले विस्फोटक ब्याटिङ गर्दै ३४ बलमा ६७ रन बनाए। उनले २ ओभरमा १६ रन दिएर २ विकेटसमेत लिएका थिए। जिरे मगरले १० रनको योगदान दिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मदरल्यान्ड सेकेन्डरी स्कुलले १० ओभरमा ६ विकेट गुमाउँदै ८६ रन बनाएको थियो। मदरल्यान्डका लागि ग्रीश केसीले २० रन र सक्षम क्षेत्रीले १८ रन बनाए। कास्कीका बलर सोहेल कुँवरले उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा १६ रन दिएर २ विकेट लिए भने शुभम गिरीले १ विकेट लिए।

गण्डकी छनोट प्रतियोगिताको उत्कृष्ट खेलाडी सोहेल कुँवर भए । गण्डकी छनोटबाट विजयी कास्की मोर्डनाइज्ड एकेडेमीले अब राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

राष्ट्रिय फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ, जहाँ ७ प्रदेशका विजेता टिम र आयोजक टिम गरी ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

हाई स्कुल टी टेन क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय