+
+

अछाममा लागूऔषधसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते ९:०४

३ माघ, धनगढी । अछाममा लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरिएको छ । बुधबार राति साढे ८ बजेको समयमा मंगलसेन नगरपालिका-५ को मंगलसैन बजारबाट उनीहरुलाई विभिन्न किसिमका औषधीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश विश्वकर्मा, २२ वर्षीय अर्जुन सुनार, २२ वर्षीय कर्णप्रसाद ढुङ्गाना र १९ वर्षीय अर्जुन सुनार रहेका छन् । उनीहरुलाई चेकजाँच गर्दा प्रकाश विश्वकर्माको साथबाट ४२ क्याप्सुल ट्रामाडोल, ८ क्याप्सुल प्रिगाभा, ५ क्याप्सुल ईभा र अर्जुन सुनारको साथबाट प्रिगाम्लिन ७४ क्याप्सुल लागूऔषध बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय अछाम र प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरी टोलीले चारै जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?