+

सायम प्रिमियर लिग क्रिकेटमा चार टिम

२०८१ माघ  ३ गते ८:५७ २०८१ माघ ३ गते ८:५७
सायम प्रिमियर लिग क्रिकेटमा चार टिम

३ माघ, काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग फागुनको अन्तिम साता हुने सायमका प्रिन्सिपल अशोकराज पाण्डेले जनाए ।

सहभागी चारै टिममा सायममा बीबीए, बीसीएसआईटी र एमबीएमा अध्ययनरत विद्यार्थी रहने छन् । एक टिम खरिद गर्न सम्बन्धितले अधिक्तम १ लाख खर्च गर्नु पर्ने छ । खेलाडीलाई २ समूहमा वर्गीकरण गरिने छ ।

ग्रेड ‘ए’ मा रहेका खेलाडीका लागि न्युनतम ५ हजार देखि अधिक्तम २५ हजार रुपैयाँ मूल्य तोकिएको छ । ग्रेड ‘बी’ का खेलाडीको मूल्य न्युनतम ५ हजार देखि अधिक्तम १५ हजार रुपैयाँ निर्धारण गरिएको छ । एक टिमले १२ खेलाडी किन्नु पर्ने छ ।

पत्रकार सम्मेलनमा मार्की खेलाडी पनि सार्वजनिक गरिएको थियो । सायम सुपर किङ्समा दिनेश बोहरा, सायम च्यालेन्जर्समा अभिषेक भण्डारी, सायम ब्लास्टर्समा रोहित पोदार र सायम नाइट राइडर्समा श्रृजलराज शर्मा मार्की खेलाडी रहेका छन् । खेल १५–१५ ओभरको हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए । प्रिन्सिपल पाण्डेले विद्यार्थीहरुलाई जिम्मेवारीबोध गराउने उद्देश्यले प्रतियोगिता व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरुलाई नै सुम्पिएको बताए ।

सायम च्यालेन्जर्सले सर्वाधिक २ पटक उपाधि जितेको छ । च्यालेन्जर्स पहिलो र तेस्रो संस्करणको उपाधि विजेता हो । दोस्रोमा सायम सुपर किङ्स र चौथोमा सायम ब्लास्टर्स च्याम्पियन बनेका थिए । खेल आयोजना स्थल तत्कालका लागि मूलपानी क्रिकेट मैदानलाई प्रस्ताव गरिएको छ ।

सायम प्रिमियर लिग क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय