+
+

आईजीसी बैठकका सम्बोधन कार्यान्वयन माग

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १४:०६

३ माघ, काठमाडौं । कार्गो व्यवसायीहरूको छाता संगठन नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसन (नेफा) ले नेपाल–भारत वाणिज्य सचिव स्तरीय अन्तरसरकारी समिति (आईजीसी) बैठकले गरेका सम्बोधनको स्वागत गर्दै कार्यान्वयनमा ल्याउन सरकारसँग आग्रह गरेको छ ।

आईजीसी बैठकले काँकडभिट्टा–फुलबारी–बंगलाबन्ध हुँदै आवतजावत गर्ने नेपाली मालवाहक सवारीसाधनलाई लगाइएको भारबहन सीमा हटाइ भारतीय मालवाहक गाडीसरह आवतजावत गर्न दिने, नेपालसँग नाका जोडिने सडक समय–समयमा मर्मत सम्भार, पूर्वाधार विकास, गुणस्तर परीक्षण, सर्टिफिकेसन तथा पारस्परिक मान्यता दिने लगायत विषयमा भारतीय पक्ष सहमत भएको भन्दै नेफाले आभार व्यक्त गरेको छ ।

त्यस्तै भारत र नेपालबीच सीमापार कनेक्टिभिटी सुदृढ गर्न निर्माणाधीन नयाँ एकीकृत चेक पोस्ट र रेलवे लिंकजस्ता पहलको नेफाले स्वागत गरेको छ ।

नेफाले आईजीसी बैठकका लागि प्रस्ताव गरेका बाँकी सुझावमध्ये नेपाल–भारतबीच पारवहन सन्धि संशोधनका साथ विराटनगर तथा भैरहवाबाट रेल सेवा, धाम्रा र मुन्द्र बन्दरगाह प्रयोग, कोलकाता एयरपोर्टबाट तेस्रो मुलुक सामान आयात गर्न पाउने व्यवस्था र सहज मार्ग परिवर्तन गर्न पाउने व्यवस्था, नेपालगञ्ज नाकामा एकीकृत जाँच चौकी, काँकडभिट्टामा आईसीटी, दोधारा चाँदनी एकीकृत जाँच चौकीसम्म रेल सेवा विस्तार लगायत विषय ‘लेटर अफ एक्स्चेन्ज’ मा समावेश भई छिटो कार्यान्वयनमा आउने आशा गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?