
गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुव गुरुङसँग इन्गेजमेन्ट गरेका हुन् । बिहीबार उनीहरूले इंगेजमेन्ट गरेका हुन् ।
उनीहरूको इन्गेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी छिन् ।
शुक्रबार उनीहरूको विवाह हुने पारिवारिक स्रोतले बताएको छ । गोकर्णेश्वरमा हुने वैवाहिक कार्यक्रममा परिवार र नजिकका इष्टमित्रलाई निम्तो गरिएको छ । गुरुङ पेशाले चिकित्सक हुन् ।
युट्युबमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु’ सहित मेलिनाले स्वर दिएका दर्जनौं गीत सुपरहीट छन् । उनी कोच रहेको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ६’ को प्रसारण पनि शुक्रबारदेखि सुरू हुँदैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4