+
+

अदालतमा दुर्व्यवहार गर्नेविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए जाहेरी

अदालतले दियो ७ दिन हिरासतमा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १७:०७

३ माघ, काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरमा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरी कहाँ किटानी जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, त्रिपाठीले प्रहरीमा दिएको ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर निस्किँदा बुधबार त्रिपाठीमाथि दुर्व्र्यवहार भएको थियो । लगत्तै प्रहरीले उनलाई दुर्व्यवहार गरेको आरोपमा ललित केसीलाई पक्राउ गरेको थियो ।

‘उहाँले दिनुभएको जाहेरीका आधारमा पक्राउ परेका केसीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ’, अधिकारीले अनलाइनखबरसँग भने ।

त्रिपाठीका अनुसार, अदालतबाट निस्किएपछि बहसबारे युट्युबरहरुले सोधेपछि उनी केही बोल्न खोजेका थिए । त्यसक्रममा ‘थुनाएर पैसा फिर्ता हुन्छ ?’ भन्दै एउटा हुलले आएर दुव्र्यवहार गरेको थियो ।

‘मैले बोल्दै गर्दा उनीहरुले घेरेर लछारपछार गर्न थाले, भुइँमा लडाइ दिए’, उनले अनलाइनखबरसँग भने, ‘मलाई पनि एक दुई घुस्सा लाग्यो । तर, बढी चोट मलाई बचाउन खोज्नेलाई लाग्यो ।’

अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?