+
+

वकिलमाथि कुटपिटको विरोधमा कानुनका विद्यार्थी सडकमा (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १९:३७

३ माघ, काठमाडौं। बुधबार जिल्ला अदालत, काठमाडौं परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि दुर्व्‍यवहार भएपछि कानुन अध्ययन गरिरहेका नेपाल ल क्याम्पसका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर निस्किँदा बुधबार त्रिपाठीमाथि दुर्व्यवहारको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘कानुन व्यवसायीलाई कुट्न पाइँदैन, मुद्दा लड्नु कानुन व्यवसायीको पेसागत धर्म हो, निलो क्रान्ति होइन स्वतन्त्र न्यायालय चाहियो, यो आक्रमण अदालतमाथिको चमाटा हो, यस्ता आक्रमणले कानुन व्‍यवसायीलाई कमजोर बनाउँछलगायतका नारा लगाउँदै प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

त्रिपाठीले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए । रवि लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किँदै गर्दा अदालत परिसरमै त्रिपाठीलाई एउटा समूहले लछारपछार गरेको थियो ।

दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आजै प्रहरी वृत सिंहदरवारमा प्रहरी कहाँ किटानी जाहेरी दिइसकेका छन् ।

अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

हेर्नुहोस् तस्वीरहरू : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?