+
+

भीम रावलको पार्टी नाम मातृभूमि जागरण अभियान, नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १९:२५

३ माघ, काठमाडौं। पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावलले अलग्गै पार्टी निर्माण प्रक्रिया सुरु गरेका छन् ।

नेकपा एमालेबाट निस्कासित भएपछि रावलले पत्रकार सम्मेलन गरी अलग्गै पार्टी बनाउने घोषणा गरेका थिए ।

बिहीबार सामाजिक सञ्जालामा उनको पार्टीको अवधारणा र संरचना सार्वजनिक गरेका छन् ।

सार्वजनिक अवधारणापत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ ।

सार्वजनिक भएको अवधारणापत्र अनुसार वडा, पालिका , प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गर्ने हुनेछ । जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी उनले दिएका छन् ।

त्यो भन्दा बढी मानिस भए सम्बन्धित तहको तदर्थ परिषद् गठन गर्ने व्यवस्था पनि सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?