+

१०औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

२०८१ माघ  ३ गते २०:०८ २०८१ माघ ३ गते २०:०८
१०औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

३ माघ, काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट पारित पारित भएको छ ।

सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको ११९औँ बोर्ड बैठकले उक्त निर्णय पारित गरेको हो ।

कर्णाली प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको छ । बैठकले नेपाल ओलम्पिक कमिटीको चुनाव र साधारणसभा अवैध भएको ठहर गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णयसमेत गरेको छ ।

साथै ओलम्पिक कमिटीको चुनाव तथा साधारणसभामा सहभागी राष्ट्रिय खेल सङ्घले राखेपसमक्ष पेस गरेको स्पष्टीकरण उचित कारण र आधारविना पेस गरेका सङ्घका लागि थप आवश्यक प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए ।

दशौं राष्ट्रिय खेलकुद राखेप बोर्ड बैठक

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय