+
+

च्याट जीपीटी र एआई कुनै चित्रगुप्त होइन : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते २०:३६

३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले च्याट जीपीटी, एआई अब नेपालका लागि नयाँ कुरा नभएको भन्दै यसको प्रयोगबाट नेपाल अघि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘च्याट जीपीटी पनि नयाँ कुरा होइन । एआई पनि नयाँ कुरा होइन । हामी त्यसको प्रयोग गरेर बाँकी दुनियाँ जस्तै अघि बढ्न सक्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसका खतरनाक पक्षहरू छन् । ती कुराहरूमा पनि हामीले ध्यान दिनुपर्छ । त्यसले अह्राएको गर्छ, साँचो र झूटो धेरै छुट्याउँदैन । त्यो कुनै चित्रगुप्त होइन । अह्राएको गर्ने भएकाले गलत अह्रायो भने गलत गर्छ । त्यो बुझ्न सतर्क हुनुपर्छ ।’

आइटी र प्रविधिको क्षेत्रमा सरकारले जोड दिएर काम गरिरहेको उल्लेख गर्दै उनले भने, ‘अब हामी उठ्न नसक्ने कुनै कारण छैन । अब हामीले प्राविधिक शिक्षामा जोड दिनेछौँ । आईटीमा जोड दिनेछौँ । अब हाम्रा लागि नयाँ कुरा होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?