+
+

ज्योतिराजको ‘नाक्छोङ’ले मोरङबाट थाल्यो छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १२:३१

काठमाडौँ । ज्योतिराज राईको निर्माणमा बन्न लागेको फिल्म ‘नाक्छोङ’ (विजुवा)को छायांकन सुरु भएको छ । विहिबार मोरङको बेलाबारीमा शुभमुर्हूत गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

फिल्मको मुर्हूत परम्परागतभन्दा भिन्न शैलीमा गरियो । स्थानिय विजुवाले तीन चुला र चिण्डोलाई पूजासहित पुर्खाहरु सम्झँदै फिल्मको मुर्हूत गरेका थिए । मुर्हत कार्यक्रममा लेखक तथा निर्देशक नविन सुब्बा, मिलन चाम्स, बेलाबारी नगरपालिका- ११का वडाध्यक्ष विक्रम वान्तवालगायत स्थानिय कलाकर्मी उपस्थित थिए ।

कार्यक्रममा कलाकार याशेली योङ्हाङ र हेम दिलुङ्छाले मुर्हूत सट् दिँदा नविन सुब्बा, वडाध्यक्ष वान्तवा र निर्देशक मिलन चाम्सले कल्याप प्रस्तुत गरेका थिए । मुर्हूतपछि बोल्दै निर्देशक सुब्बाले राई जातिको कथा, संस्कृति फिल्ममा कम आएको बताउँदै यसक्षेत्रसँग सम्बन्धित निर्देशकले यस्ता विषयवस्तुमा जोड दिनुपर्ने बताए ।

फिल्म ‘गाउँ आएको बाटो’मा आफूले राईको कथा केही देखाउन खोजेपनि त्यो पर्याप्त नभएको सुब्बाको भनाई थियो । निर्देशक मिलन चाम्सले ‘नाक्छोङ’को सुरुवात पितृहरुको सम्मान र सम्झनासहित सुरु भएकोले इतिहास रच्ने फिल्म बनोस् भन्दै शुभकामना दिए । ‘नाक्छोङ’ जस्ता फिल्मले स्वदेशीबाहेक अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव जमाउन तागत राख्ने उनले बताए ।

‘नाक्छोङ’का निर्माता राईले ‘नाक्छोङ’ बिजुवाको निर्माणको औचित्य राईको परम्परा जोगाएर पुस्तान्तरण गर्न रहेको बताए । हरेक चाड, विवाह, कुलपितृ, रीतिभेषभूषामा आवश्यक बिजुवाको संरक्षणका लागि फिल्म निर्माण गर्न लागेको उनले बताए । ‘नाक्छोङ’ स्वदेश रिलिजसहित फिल्म महोत्सवको लागि निर्माण हुन लागेको खुलाए ।

फिल्मलाई किरण राईले निर्देशन गर्दैछन् । किरणले यसअघि ‘लुङा’ र ज्यापंचौ’ निर्देशन गरेका थिए । फिल्ममा याशेली योङ्हाङ, भुवन सिंह राई, सुस्मा सुब्बा, सरोज खालिङ, बबिन राई, अनुशा राई, सारा राई, त्रिचु राई, उत्तम राई, तयाहाङ राई, उदय सुब्बा कुरुम्बाङ, पूर्ण लिम्बु, दिनेश कोइराला, हेम दिलुङ्छा, बिनोद पोमो, प्रकाश सुब्बा लगायतको अभिनय हुने जनाइएको छ । बाबु श्रेष्ठको छायांकन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?