+
+

‘डिभोर्स’ चर्चाबारे एलिना चौहान : अहिल्यै यसबारे केही बोल्दिनँ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १३:२८

काठमाडौं । गायिका एलिना चौहान वैवाहिक सम्बन्धको कुरालाई लिएर लगातार चर्चामा छिन् । वैवाहिक जीवनमा दरार आएको भन्ने चर्चाले अहिले सामाजिक सञ्जाल तातेको देखिन्छ ।

वैशाख ५ गते उनले बागलुङका विष्णु सापकोटासँग धुमधामले विवाह गरेकी थिइन् । त्यसको एक वर्ष नबित्दै उनले विवाह सम्बन्धबारेका प्रश्नको सामना गरिरहेकी छिन् ।

एलिना ओशोमार्गी बनेको बेलादेखि नै उनको यो कुराले चर्चा पाएको हो । तर यतिबेला केही दिनअघि गायिका ज्याति मगरको फेसबुक स्टाटसले चर्चामा बल पुग्यो । ज्योतिले एक चर्चित गायिकाले हिंसा सहेको आशयको पोस्ट गरेकी थिइन् तर केही छिनमै डिलेट गरिन् ।

बिहीबार मात्र केही मिडियामा उनको डिभोर्सको चर्चा चल्यो । यसले झनै ‘सम्बन्ध विच्छेद’बारेको चर्चालाई बल मिलेको छ । यस्तोमा अनलाइनखबरले एलिनासँग ‘डिभोर्स’को चर्चाबारे जिज्ञासा राखेको थियो ।

जवाफमा एलिनाले आफूले अहिले यसबारे केही नबोल्ने बताइन् । ‘यी कुराले मलाई एकदम टर्चर महसुस भइरहेको छ । एयरपोर्ट जाँदा होस् र सार्वजनिक ठाउँमा पनि मलाई यस्तै प्रश्न सोधिन्छन् । पब्लिक फिगर भएपछि यी कुरा झेल्नुपर्ने रहेछ,’ उनले भनिन् ।

‘यसबारे म अहिले केही बोल्दिन । म एकदम तनावमा छु,’ उनले भनिन् । मिडियाले पनि लगातार आफ्नो निजी जीवनबारे समाचार बनाएकोमा उनी असन्तुष्ट सुनिइन् । अहिले श्रीमान अस्ट्रेलियामा र आफू नेपालमा रहेको उनले बताइन् ।

अब तपाईं अस्ट्रेलिया कहिले जाने भन्ने अर्को प्रश्नमा अहिल्यै केही भन्न नसक्ने बताइन् । उनले अहिले चर्चामा रहेका कुराबारे खुलेर कुरा त गरिनन् तर अहिले भइरहेको परिस्थितिबारे बेखुसी चाहिं अवश्य छिन् ।

चर्चित गायिका एलिना अहिले विभिन्न कन्सर्टमा व्यस्त छिन् । माघ महिनामा मात्रै आफ्नो २०-२५ वटा कार्यक्रम तय भएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?