+
+

सज्जनराज वैद्यले अस्ट्रेलिया र न्यूजिल्याण्ड टूरको घोषणा गरे

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १३:५४

काठमाडौं । तन्नेरी पुस्ताका चर्चित गायक सज्जनराज वैद्यले सन् २०२५ का लागि अस्ट्रेलिया र न्यूजिल्याण्ड टूरको घोषणा गरेका छन् । २८ जनवरीमा अस्ट्रेलियाको पर्थदेखि सुरु हुने टूर १७ फेब्रुअरीमा न्यूजिल्याण्डको अकल्याण्डमा गएर टुंगिनेछ ।

पर्थको मेट्रोसिटीमा गुञ्जिएपछि ओसियाना मुलुकको लागि टूर सुरु हुनेछ । ३ फेब्रुअरीमा मेलबर्न प्याभेलियन, ७ फेब्रुअरीमा एडिलेडको हिन्ड्ले स्ट्रिट म्युजिक हल, १० फेब्रुअरीमा सिड्नीको हर्डन पेभेलियनमा कन्सर्ट तय छ ।

१३ फेब्रुअरीमा ब्रिस्बेनको द टिभोली ब्रिस्बेन र १७ फेब्रुअरीमा न्यूजिल्याण्डको पावर स्टेसनमा कन्सर्ट हुनेछ । गत अक्टोबर र नोभेम्बरमा उनले बहुचर्चित नेपाल टूर सम्पन्न गरेका थिए । त्यसअघि बेलायत र अमेरिकामा प्रस्तुति दिइसकेका छन् ।

गायक वैद्य स्पोटीफाई लगायतका प्लाटफर्ममा धेरै सुनिनेमध्ये पर्छन् । अनलाइनखबरले हालै सार्वजनिक गरेको मुलुकका ४० वर्षमुनिका ४० युवाको सूचीमा समेत उनी समेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?