
काठमाडौं । मण्डला थिएटरको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) चैत ६ गतेदेखि आयोजना हुने भएको छ । चैत १४ गते पर्ने विश्व रंगमञ्च दिवससम्म फेस्टिभल आयोजना हुनेछ ।
‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च : रैथाने ज्ञानको उज्यालो’ भन्ने नारासहित निटफेस्टको तेस्रो संस्करण आयोजना हुन लागेको महोत्सव संयोजक केदार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तेस्रो संस्करणको महोत्सवमा अभिनेता दयाहाङ राई निर्देशकको रुपमा हुनेछन् । मण्डला थिएटर र निटफेस्ट संयोजन समूहले अभिनेता तथा रंगकर्मी राईलाई निर्देशकमा चयन गरेको हो ।
यसपटकको निटफेस्ट मण्डला थिएटरसँगै काठमाडौंबाहिरका विभिन्न स्थानमा आयोजना हुने जनाइएको छ । महोत्सवका लागि गत जुनमा नाटक तथा कार्यक्रमका लागि आवेदन आह्वान गरिएको थियो । महोत्सवको कार्यक्रम र छनोट भएका नाटकको लाइनअप चाँडै सार्वजनिक हुने जनाइएको छ ।
प्रतिक्रिया 4