+
+

नवीनतम प्रविधिलाई प्रोत्साहन गर्ने सरकारको नीति छ : मन्त्री दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १४:३७

४ माघ, काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नवीनतम प्रविधिलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताएका छन् ।

शुक्रबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सेस नेपाले आयोजना गरेको ‘आधार २०८१’ कार्यक्रममा मन्त्री दाहालले इन्जिनियरिङ क्षेत्रमा अवसर सिर्जना गर्ने सरकारको सोच रहेको बताए ।

‘नवीनतम प्रविधि र सोचलाई प्रोत्साहन गर्ने सरकारको नीति छ । नेपालका इन्जिनियरले राम्रो काम गर्न सक्छन्। तर अवसर पाएका छैनन् । अवसर सिर्जना गर्ने सरकारको सोच छ,’ मन्त्री दाहालले भने ।

आधार २०८१ मा पुल्चोक क्याम्पसमा विद्यार्थीले निर्माण गरेका सामग्रीहरू प्रदर्शनीमा राखिएको छ । यो प्रदर्शनीले नयाँ आयाम थप्ने मन्त्री दाहालको विश्वास छ। ‘आधार २०८१ ले नयाँ इनोभेसको सिर्जना गर्ने विश्वास छ । नेपालमा वैज्ञानिक उत्पादन गर्ने ठूलो भूमिका खेल्ने छ,’ उनले भने।

पुल्चोक क्याम्पसमा तीन दिनसम्म प्रदर्शनी चल्ने छ । प्रदर्शनीम ६० वटा स्टल राखिएको सेस नेपालका अध्यक्ष दिवस पौडेलले बताए । कागजको पुलको डिजाइन, भवनका डिजाइन, पाहिरो आउनु अघि सचेत गराउने उपकरण लगायतका सामग्री विद्यार्थीले प्रदर्शनीमा राखेका छन् ।

‘प्रदर्शनीमा सिभिल इन्जिनियरिङका विषय छन्। यसलाई उद्योगसँगसमेत जोड्ने योजना छ,’ उनले भने, ‘इन्जिनियरिङ क्षेत्रका नवीनतम प्राविधिक रचनाहरूलाई प्रदर्शन गर्ने र विद्यार्थी र समुदायको रुचि अभिवृद्धि गर्ने लक्ष्य राखेको छौँ।’

यसअघि सेस नेपालले वाकाथन कार्यक्रमको आयोजना गरेको थियो।

तस्वीरमा हेर्नुहोस् विद्यार्थीले बनाएका सामग्री :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?