+
+

थाइल्यान्डमा अलपत्र १ नेपालीको उद्धार गरी नेपाल ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १२:२९

४ माघ, काठमाडौं । थाइल्यान्डमा अलपत्र परेका एक जना नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । थाइल्यान्डस्थित नेपाली दूतावासले १ जना नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता गरेको जनाएको छ ।

दूतावासका अनुसार आकर्षक रोजगारीको प्रलोभनमा पारी लाओसको गोल्डन ट्र्याङ्गलमा लगेर गैरकानुनी रूपमा काम गर्न बाध्य बनेका ती नेपाली नागरिक भागेर थाइल्यान्ड छिरेका थिए ।

थाई सरकारी निकायको सहयोगमा उनलाई उद्धार गरी शुक्रबार नेपाल फिर्ता गरिएको थाइल्यान्डस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान दूतावासले अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?