+
+

एमाले महासचिवको कटाक्ष- प्रचण्डले आफैं माघको अन्तिममा अधिवेशन बोलाएको बिर्सनुभएछ !

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ५ गते २०:३१

५ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हिउँदे अधिवेशन नबोलाएकोमा ठूलो चिन्ता भएको भन्दै कटाक्ष गरेका छन् ।

शनिबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै महासचिव पाखेरेलले प्रचण्डले आफू प्रधानमन्त्री हुँदा माघको अन्तिम साता अधिवेशन आह्वान गरेको स्मरण पनि गराएका छन् ।

‘प्रचण्डजी प्रधानमन्त्री हुदाँ हिउँदे अधिवेशन माघको अन्तिम सातामा वोलाएको बिर्सनुभएछ कि क्या हो ?,’ उनले भनेका छन्, ‘उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउदे अधिवेशन नडाकेकोमा ठुलो चिन्ता भएछ ।’

प्रतिपक्षी दलहरूको बैठक राखेर विशेष अधिवेशन बोलाउने घुर्की प्रचण्डले दिएको पनि उनले टिप्पणी गरेका छन् ।

‘उहाँले प्रतिपक्षमा रहेका दलहरूको बैठक डाकेर विशेष अधिवेशन वोलाउने घुर्की समेत लगाउनु भएछ,’ महासचिव पोखरेलले भनेका छन्, ‘विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पुरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै । तर पनि विपक्षी दलको नेता भयसी घुर्की त लगाउनै पर्‍यो क्यारे ! होइन त ?’

प्रतिपक्षी दल माओवादीसहितले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विशेष अधिवेशन नबोलाए विशेष अधिवेशनमा जाने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?