
५ माघ, जनकपुरधाम । बलिदानी दिवसको अवसर पारेर जनकपुरधाममा एक लाख दीप प्रज्वलन गरिएको छ ।
शनिबार साँझ बलिदानी दिवसको अवसर पारेर एक लाख दीप प्रज्वलन गरिएको हो ।
मधेस प्रदेश सरकारद्वारा आयोजित दीप प्रज्वलन कार्यक्रममा मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी सहभागी भए ।
सो अवसरमा बोल्दै लेखीले माघ ५ गते बलिदानी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको र आज एक लाख दीप प्रज्वलन गरेको बताए ।
उनले वीर शहीद योद्धाहरुप्रति सम्मान व्यक्त गर्न दीप प्रज्वलनको कार्यक्रम आयोजना गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4