+
+

हुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते ११:२१

६ माघ, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-१ को बोहरावाडामा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको । तीन जना घाइते भएका छन् ।

चंखेली गाउँपालिका- ३ को लोतीबाट नुन बोकेर १ नम्बर वडातिर गइरहेको ट्याक्टर दुर्घटना हुँदा चंखेली गाउँपालिका-१ का करिब ३५ वर्षीय तुल्या बोहराको मृत्यु भएको हो ।

लु४त ७७२० नम्बरको ट्याक्टर दुर्घटना हुदाँ चंखेली गाउँपालिका-१ का अन्दाजी ४० का मानबहादुर बोहरा सोही वडाकै वर्ष ४५ का धना बोहरा र वर्ष १० का चरी बोहरा घाइते भएका छन् ।

घटना स्थलतर्फ मिमि प्रहरी पुगिसकेको छ । घाइतेहरूको चंखेली गाउँपालिकाले खर्च बेहोर्ने गरी उद्वारका लागि गृहमन्त्रालयमा पत्रचार गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।

हेलिकप्टरबाट उद्वारको लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेल बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?