
६ माघ, काठमाडौं । केही दिनयता बढेको सुनको भाउ आज घटेको छ । नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा ८ सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ८ सयले घटेर तोलाको १ लाख ५७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार १ हजार ३ सय बढेर तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँ पुगेको थियो । बिहीबार १ हजार २ सयले बढेर १ लाख ५६ हजार ६सय र बुधबार ४ सयले बढेर १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार आयतबार चाँदी ३० ले घटेर तोलामा १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार १० ले बढेर १ हजार ८ सय ९० तथा बिहीबार ५० ले बढेर तोलाको १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4