+

राखेपका सदस्य सचिवद्वारा दिल्ली पुगेर खो खो खेलाडीलाई शुभकामना

२०८१ माघ  ६ गते १६:३५ २०८१ माघ ६ गते १६:३५
राखेपका सदस्य सचिवद्वारा दिल्ली पुगेर खो खो खेलाडीलाई शुभकामना

६ माघ, काठमाडौं । भारतमा जारी प्रथम खो खो विश्वकपको फाइनलमा पुगेका नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नयाँ दिल्ली पुगेर हौसला प्रदान गरेका छन् ।

नेपालको पुरूष र महिला दुवै टिम फाइनलमा पुगेपछि आइतबार सदस्य सचिव घिसिङ दिल्ली गएका हुन् । उनले खेलाडीहरूलाई बधाई दिँदै फाइनल प्रतिस्पर्धाका लागि जितको शुभकामना दिए ।

आजै साँझ महिला र पुरूष दुवैतर्फ नेपाल र भारतबीच फाइनल खेल हुदै छ । साग खेलकुद तथा एसियन च्याम्पियनसीपहरूमा ममेत नेपाली खो खो टिमले पदक प्राप्त गर्दै आएको छ ।

खो खो विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय