+
+

लिम्पियाधुराबारे त्रिदेशीय सहमति कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते २०:०८

६ माघ, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति कायम गर्न माग गर्दै प्रदर्शन गरेको छ । आइतबार दिउँसो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता/कार्यकर्ताहरू रत्नपार्कमा भेला भइ ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

उनीहरूले एमसीसी सम्झौता, संविधान संशोधन, लिम्यिाधुराको विषयमा भारत—चीनबीच भएको दुई पक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारविरुद्ध विरोध र्‍याली निकालेका हुन् ।

र्‍यालीमा लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन, खारेज गर लगायतका नारा लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?