+
+

दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते १८:४२

६ माघ, काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हुम्लाको अदानचुली गाउँपालिका–४ घर भइ काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसी भनिने महेन्द्र पाण्डे छन् ।

उनलाई टोखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

पक्राउ परेका उनीविरुद्ध प्रहरी वृत्त सिंहदरबारबाट अनुसन्धान अघि बढाइएको छ ।

माघ २ गते त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौंको दक्षिण गेट बाहिर कुटपिट भएको थियो ।

प्रहरीले यसअघि कुटपिटको आरोपमा ललित केसी नाम गरेका व्यक्तिलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?