
काठमाडौं । सुशील श्रेष्ठ आफ्नो महत्वाकांक्षी र प्रतीक्षित फिल्म ‘आउट ल’बाट पर्दामा फर्किने तयारीमा छन् । यो फिल्मका लागि चार वर्ष बिताएका उनले सबै मेहनत यसमाथि खन्याएका छन् ।
यस फिल्ममा सुशीलले अहिलेसम्म प्रयोग नभएका एक्सन कोरियोग्राफी र स्टन्टका सबै शैलीलाई पछ्याएको निर्माताको दाबी छ । केही साताअघि मात्र ४० लाख खर्चिएर फिल्मको एक दृश्य छायांकन गरिएको छ ।
प्राप्त तस्वीरमा सुशीललाई शरीरमा आगो लगाएर स्टन्ट दृश्य दिएको देख्न सकिन्छ । यो दृश्यका लागि ‘सावधानीपूर्वक’ सुशीलको शरीरमा आगो लगाएर छायांकन गरिएको थियो । फिल्मका लागि यो दृश्य विशेष हुने निर्माताको भनाइ छ ।
जुन तस्वीर हेर्दा सुशीलले फिल्मका लागि गरेको मेहनत बुझ्न सकिन्छ । पटकथा लेखक तथा निर्देशक विक्की महर्जनका अनुसार फिल्ममा ५० मिनेटको एक्सन दृश्य मात्रै समेटिएको छ ।
टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको यो फिल्ममा अमित अग्रहरीको लगानी छ । फिल्ममा शिक्षा संग्रौला, नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारीको पनि अभिनय छ । चुल्ठे काजीको एक्सन कोरियोग्राफी रहेको फिल्ममा साहिल खानको सम्पादन र नवीन गुरुङको छायांकन छ । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सहनिर्माता हुन् ।
प्रतिक्रिया 4