+

यू-१९ महिला टी२० विश्वकप :  स्कटल्याण्डलाई नेपालले दियो ७४ रनको लक्ष्य

२०८१ माघ  ७ गते १३:४४ २०८१ माघ ७ गते १३:४४
यू-१९ महिला टी२० विश्वकप :  स्कटल्याण्डलाई नेपालले दियो ७४ रनको लक्ष्य

७ माघ, काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ख रनको लक्ष्य दिएको छ ।

बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर  ७३ रन बनाएको हो ।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । वान डाउनमा ब्याटिङ गरेकी पुजाले ४३ बल खेल्दा ३ चौका प्रहार गरिन् ।

नेपाललाई अलआउट गर्न स्कटल्याण्डकी माइसी मासेइराले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन् । यस्तै एम्मी बाल्डी र नायमा शेखले २-२ विकेट लिए ।

यू-१९ महिला टी२० विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय