
२० वर्षीय एक युवकले १ अर्ब ३० करोड रुपैयाँ बराबरको भाग्यचिठ्ठा (लट्री) जिते । उक्त लट्रीमा उनले जम्मा १९ हजार रुपैयाँजति लगानी ग्रेका थिए । त्यो पैसापनि उनले लट्रीको ज्याकपटबाटै जितेका थिए ।
अहिले उनी अर्बपति बनिसकेका छन् । त्यसका बाबजुत पनि उनले नाली सफा गर्ने काम छाडेका छैनन् । त्यसको पछाडि पनि एउटा अनौठो कारण छ ।
यो कथा हो, बेलायतको कार्लिस्लेमा बस्ने जेम्स क्लार्कसनको । उनले हालै ७५ लाख पाउण्डको लट्री ज्याकपट जितेर सबैलाई अचम्मित पारिदिए । रोचक त के भने जेम्सले क्रिसमसका बेला राष्ट्रिय लट्रीमा १२० पाउण्ड जितेका थिए र उक्त रकमलाई पुनः लट्री टिकट खरीद गर्नमा खर्चिएका थिए । सोही रकमबाट किनेको टिकटले उनले ७५ लाख पाउण्ड हात पारेका हुन् ।
त्यति धेरै रकम जितेर पनि जेम्स मात्तिएका छैनन् । उनले आफ्नो कामप्रतिको समर्पणलाई कायमै राखेका छन् । चिट्ठा जितेकै अर्कोदिन जेम्स आफ्नो जागिरको नियमित काममा फर्किए । उनले कठ्यांग्रिँदो जाडोमा ढल सफा गर्दै गरेको देखियो ।
उनले भनेका छन्, ‘म गर्लफ्रेण्डको घरमा थिएँ र बिहान छिटै उठेँ । जब मैले नेशनल लट्री एप हेरेँ तब मलाई एउटा मेसेज प्राप्त भयो जसमा मलाई लट्री ज्याकपट प्राप्त भएको उल्लेख थियो ।’
सुरुमा त उनलाई पत्यार नै लागेन । कतै सपना पो देखिरहेको छु कि ? भन्ने लाग्यो । किनकि त्यतिबेला बिहानको साडे ७ बजेको थियो र सबैजना सुतिरहेका थिए ।
त्यसपछि उनले घरमा आफ्ना बुवालाई फोन गरे । बुवा त्यसबेला उठिसकेका हुन्छन् भन्ने उनलाई थाहा थियो । त्यसपछि बुवाले उनलाई घर बोलाए र सबैजना सँगै बसेर लट्री टिकट जाँच गरे । त्यसपछि चाहीँ उनको उक्त टिकटले नै लट्री जितेको पक्कापक्की भयो । उनीहरुले त्यो कुरा एकीन गर्नका लागि नेसनल लट्रीका अधिकारीहरुसँग पनि सम्पर्क गरेका थिए ।
त्यसपछि खुसीको सीमा रहेन । उनले घरका सबै सदस्य तथा गर्लफ्रेण्ड सहित भएर खुसी मनाए । सबैजना जम्मा भएर भोज गरे ।
ढल सफाईँको काम गर्ने जेम्सले ७५ लाख पाउण्डको लट्री जितेपनि आफ्नो उक्त काम नछाड्ने बताएका छन् । पैसा आयो भन्दैमा आफ्नो काम छाड्न नहुने उनको तर्क छ । उनी भन्छन् ः जितको अर्को दिनमै म चिसोमा उभिएर नाली सफा गरिरहेको थिएँ। यो मेरो यथार्थ हो, र यसलाई म परिवर्तन गर्न चाहन्न । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4