+
+

त्रिविको नक्कली प्रमाणपत्रसहित काभ्रेबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १३:१९

८ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठ रहेका छन् ।

ब्याचलर डिग्री इन बिजनेस स्टडिज र मास्टर डिग्री इन बिजनेस स्टडिजको नक्कली ट्रान्सक्रिप्ट लिएको सूचनाका आधारमा प्रहरीले त्रिभुवन विश्वविद्यालयको अभिलेखसँग रुजु गरेको थियो ।

त्रिविको अभिलेखसँग उनले लिएको प्रमाणपत्र नलिमेपछि प्रहरीले काभ्रेको धुलिखेलबाट सोमबार पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानका तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको प्रहरीको केन्द्रीय समाचार ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?