
काठमाडौं । आकृति अर्याल, मनीषा लामा र सुहाना ठाकुर युनिलिभरको ब्रान्ड सनसिल्कले सञ्चालन गरेको यस वर्षको ‘सनसिल्क भाइब्स सिजन ४’ का विजेता बनेका छन् ।
कम्पनीले ४ माघमा यस वर्षको सनसिल्क ग्याङ अफ गर्ल्सको घोषणा गरेको थियो । जसमा अर्याल, लामा र ठाकुर सनसिल्क भाइब्स सिजन ४ का विजेता बनेका हुन् ।
युनिक स्टाइल र सृजनात्मकताका साथ अन्य सहभागीहरूभन्दा उत्कृष्ट स्थानमा पुगेका उनीहरूलाई विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ ।
प्रत्येक विजेताले नगद एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।
विजेताले ब्रान्डको प्रतिनिधित्व गर्न सनसिल्क एम्बासडर प्रिज्मा र प्रिन्सीसँग सामेल हुने मौका पाएका थिए ।
यो सहभागिताले आत्मविश्वास, सौन्दर्य र आत्मअभिव्यक्तिलाई मूर्त रूप दिने सिस्टरहुड बनाउन मद्दत गर्ने कम्पनीको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4