
८ माघ, काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिकाको केन्द्र परिवर्तन भएको छ ।
सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उक्त गाउँपालिकाको केन्द्र परिवर्तन भएको उल्लेख छ ।
वडा नम्बर ६ बयरवनमा रहेको गाउँपालिकाको केन्द्र वडा नम्बर ५ को भौसाबारी कायम रहने राजपत्रको सूचनामा उल्लेख छ । ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा (३) बमोजिम सम्बन्धित गाउँसभाको दुई तिहाइ बहुमतले पारित गरेको अवस्थामा स्थानीय तहको केन्द्र परिर्वनत हुन सक्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4