+
+

त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपल छनोट पहिलो सूचनाबाटै

शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार, दोस्रो पटक आवेदनका लागि आह्वान गरेको सूचना खारेज गरिएकाले अब पहिलोपटक परेका आवेदनमध्येबाट नै छनोट समितिले मूल्याङ्न गरेर पठाउनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १९:१०

८ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्रिन्सिपल छनोट पहिलो पटक प्रकासित सूचनाबाट नै हुने भएको छ ।

प्रिन्सिपल नियुक्तिका लागि आवेदन माग गरिएकोमा थोरै संख्यामा मात्र आवेदन आएपछि शिक्षाध्यक्षको कार्यालयले दोस्रो पटक आवेदन माग गरेको थियो । तर, विवाद भएपछि शिक्षाध्यक्ष कार्यालयले पहिलो आवेदनबाट नै छनोट गर्ने निर्णय गरेको हो ।

शिक्षाध्यक्ष कार्यालय स्रोतका अनुसार पहिलोपटक दुईजनाको मात्र आवेदन परेको थियो । कार्यविधिमा छनोट समितिले नाम सिफारिस गर्दा तीनजनाको नाम सिफारिस गर्ने भनिएको छ ।

तर, तीनजनाभन्दा कमको आवेदन परेमा के गर्ने भनेर कार्यविधिमा उल्लेख नभएकाले शिक्षाध्यक्ष कार्यालयले दोस्रो पटक आवेदन माग गरेको हो । विवाद भएपछि पहिलो आवेदनमा जति जनाको आवेदन आएको छ त्यति जनाको नाम छनोट समितिले सिफारिस गर्ने भएको छ ।

‘दोस्रो पटक आवेदनका लागि आह्वान गरेको सूचना खारेज हुन्छ । पहिलो आवेदनमा आएको नामलाई नै छनोट समितिले मूल्याङ्न गरेर पठाउँछ,’ शिक्षाध्यक्ष प्राडा खड्ग केसीले भने ।

२८ पुसमा पहिलो पटक सात दिनको समय दिएर प्रिन्सिपलका लागि आवेदन माग गरिएको थियो । दोस्रो पटक ७ माघमा आवेदन माग गरिएको थियो । प्रिन्सिपल ध्यानेन्द्र राईको कार्यकाल आगामी १९ माघमा सकिँदै छ । त्यसैले नयाँ प्रिन्पिल नियुक्ति गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?