
८ माघ, काठमाडौं। पानीको सतहमा बस्ने माल्दिभ्सका पर्यटकलाई सगरमाथाको देश ल्याउन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ ।
श्रीलंकन एयरलाइन्स र माल्दिभ्सको आतिथ्य ब्रान्ड आधारणले दुई देशबीच पर्यटक आदान–प्रदान बढाउने उद्देश्यले काठमाडौंमा दुई दिने ‘बीटुबी’ मेला आयोजना गरेका हुन् ।
यस कार्यक्रममा पहिलो दिन मंगलबार ३५ र बुधबार ३५ इनबाउन्ड र आउटबाउन्ड टुर व्यवसायी सहभागी भएको कम्पनीले जनाएको छ ।
‘नेपालबाट माल्दिभ्स जान चाहने पर्यटक र माल्दिभ्सबाट नेपाल आउने पर्यटक लक्षित गरी प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेका हौं,’ एयरलाइन्सका सूचना अधिकारी दीपक मैनालीले भने, ‘यसले दुवै देशमा पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।’
यो भेलाले प्याकेज समेत बनाउने र छिट्टै सार्वजनिक गर्ने योजना रहेको समेत उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4