+
+

लन्डनको आकाशमा देखाइयो सामसङ ‘ग्यालेक्सी अनप्याक्ड २०२५’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते २०:०२

८ माघ, काठमाडौं। मोबाइल फोन निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सले बेलायतको राजधानी लन्डनमा ‘ग्यालेक्सी अनप्याक्ड २०२५’ नाम दिएर लाइभ होलोग्राम शोकेस गरेको छ ।

मोबाइल एआईको अर्को युग सुरु भएको र विश्वलाई यसको अनुभव दिलाउन सामसङले लन्डनमा होलोग्राम र आवाजसहित शोकेस आयोजना गरेको हो । शोकेस अवलोकन गर्न हजारौं दर्शक उपस्थित थिए ।

होलोग्राम प्रोजेक्सनमा ग्यालेक्सी एआईबाट प्रयोगकर्ताले अपेक्षा गरेको मोबाइल अनुभवदेखि ग्यालेक्सी एस सिरिजका नयाँ फिचर १ सय फिटमाथि आकाशमा ६५ फिट बाई ५० आकारमा देखाइएको थियो ।

सामसङका प्रयोगकर्ताले यो शोकेस ९ माघदेखि सामसङको आधिकारिक वेबसाइट वा सामसङ नेपालको आधिकारिक फेसबुक पेजमा हेर्न सक्नेछन् ।

सामसङ नेपालले शोकेसबारे जानकारी दिन ३० जनवरीमा पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?