
९ माघ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमाकुमारी चन्दलाई दिइएको छ ।
परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले बुधबार एक सूचना जारी गर्दै डीएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको बताएका छन् ।
यसअघि प्रवक्ता रहेका नवराज अधिकारी एसएसपीमा बढुवा भएर आज बुधबार मात्रै दज्र्यानी चिन्ह लगाएका थिए । त्यसपछि परिसरको प्रवक्ता खाली भएको थियो ।
चन्द प्रहरी वृत्त स्वयम्भूमा काम गरेर केही समयअघि मात्रै परिसरमा सरुवा भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4